काठमाडौं । आज २०८२ असोज २० गते सोमबारको राशिफल ।
मेष
स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। फजुल खर्चदेखि जोगिनुहोस्। आशावादी रहनुहोस वा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन
नोकरी वा पेशामा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।
सिंह
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मनमा मानसिक अशान्ति रहनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
तुला
कार्यक्षेत्रमा झुटो आरोप लाग्ला सावधान रहनुहोस्। राज्य वा प्रशासनिक क्षेत्रको कार्यमा समय लाग्नेछ। नोकरी वा पेशामा कर्तव्य परायणको परिचय दिनुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
धनु
धार्मिक वा सेवामुलक कामले प्रतिष्ठा दिलाउनेछ। सम्बन्धमा विश्वासको कमी देखिएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
घरायसी काम बिग्रिनाले मनमा चिन्ता रहनेछ। प्रारम्भमा चुनौती देखिए पनि कार्यक्षेत्रमा प्रभाव जमाउन सकिनेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। विभिन्न भौतिक संसाधन जुठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
भाग्यको साथले अप्ठ्यारा काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। माननीयजनहरूको सहयोग मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कन्या
महत्वकांक्षी कार्य सम्पादन गर्ने समय रहेको छ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। व्यवहार कुशलताको प्रशंसा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बलभन्दा बुद्धिले कार्य गर्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
मकर
धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। यात्रा सुखदाई रहनेछ। प्रतिद्वन्दीहरू हार खानेछन्। कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
मीन
व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। विद्यार्थीहरूले आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।