Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असोज १९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज असोज १९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । आज २०८२ असोज १९ गते आइतबारको राशिफल ।

मेष

आज उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सकेसम्म यात्रा नगर्नुहोला। कामको सन्दर्भमा विशेष व्यक्तिसँग भेटघाट का योग छन्। आजको शुभ रंग पहेलो हुने शुभ अंक २ रहेको छ।

मिथुन

भाग्यमा वृद्धि हुनेछ। धर्मकर्ममा सजिलै मन जानेछ। लामो दूरिको यात्रा नगर्नुहोला। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

साझेदारी व्यापारमा विशेष लाभ रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। निर्णय लिने क्षमता राम्रो रहेको छ। नयाँ अवसरको फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

भावनामा आएर कुनै पनि कार्य नगर्नुहोस्। लामो दूरिको यात्रा नगर्नुहोला। प्रेम सम्बन्धमा सुधारका योग रहेका छन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

कार्यक्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। लगनशीलताले सोचेका कार्य सम्पादन हुनेछन्। नोकरी वा पेशामा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। यात्रा कष्टदायी रहनेछ सकेसम्म यात्रा नगरौं। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेकोछ।

बृष

परिवारमा कुनै कुरालाई लिएर मनमुटाव चलिरहेको छ भने आज सुल्झाउने प्रयास गर्नुहोस्। यात्रा कष्टदायी रहनेछ। आत्तिएर कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

मानसिक रूपमा दुर्बलताका योग छन् भगवान शिवजीको आराधना गरेर दिनको प्रारम्भ गर्नुहोस्। धेरै सोच्नु तपाईंको स्वास्थ्यमा हानिकारक हुनेछ। नयाँ कार्य प्रारम्भ नगरौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

खर्चमा नियन्त्रण राख्नुहोस। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गरौं। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

रूखो बोली सबैभन्दा ठूलो शत्रु बन्न सक्छ। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मकर

पहिला गरिएका शुभ कार्यको चर्चा हुनेछ। सकेसम्म यात्रा नगर्नुहोला। धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। नयाँ अवसरको खोजमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077