Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असोज १८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज असोज १८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । आज २०८२ असोज १८ गते शनिबारको राशिफल ।

मेष

अरुको कुरा नसुनी आफ्नो कामलाई निरन्तरता दिने प्रयास गर्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

परिवारमा वैचारिक मतभेदका योग छन्। महत्त्वपूर्ण कार्यमा बाधा आउला। अरुको कुरा सुनेर नयाँ निर्णय नलिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

मनोरञ्जन वा भौतिक सुख सुविधामा धन खर्च हुनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। विरोधीहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

तुला

ठेक्कापट्टा वा कृषिको क्षेत्रबाट लाभ आर्जन गर्न सकिएला। साहसिक कार्य गर्ने समय रहेको छ। सामाजिक गतिविधिमा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। समय अनुसार चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष मजबुत रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृष

कारोबार विस्तारलाई लिएर योजनाहरु बन्नेछन्। सामाजिक गतिविधिमा धन खर्च हुनेछ। यात्रा गर्दा नचिनेका व्यक्तिहरूसँग सचेत रहनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। हजुरको सिधा वा सरल स्वभावको फाइदा अरूले उठाउलान सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

विद्यार्थीहरूलाई परीक्षामा सोचे भन्दा राम्रो परिणाम मिल्नेछ। चलिरहेको पुरानो विवाद सुल्झिनेछ। आयस्रोत बढ्नेछ। माननीय जनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

शुभचिन्तकहरूको सल्लाहले महत्वपूर्ण कार्यहरू सजिलै सम्पादन हुनेछन्। नोकरी वा पेशामा उच्च अधिकारिहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर

स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। विरोधीहरू सक्रिय रहनेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

राजनीतिक प्रभावले महत्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछन्। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। सोचविचार गरेर नयाँ लगानी लगाउनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077