Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी प्रदेशमा आज मेघगर्जनसहित भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज मेघगर्जनसहित भारी वर्षाको सम्भावना

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । जसको प्रभावले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।

यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077