Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज देशैभर पानी पर्ने सम्भावना, कहाँ हुँदैछ भारी बर्षा ?

आज देशैभर पानी पर्ने सम्भावना, कहाँ हुँदैछ भारी बर्षा ?

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने भएको हो ।

कोशी, बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077