Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तुइन खोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि ठप्प

तुइन खोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि ठप्प

आइतवार , आश्विन ५, २०८२

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम जारी छ । आज बिहानदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ, ‘मिति २०८२/०६/०५ गते आइतबार। मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुल नजिकै गएको पहिरोका कारण सवारी आवागमन बन्द भएको सर्वविदितै छ। ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन। आज बिहानदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउँछौं। थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध छौं। सडक सञ्चालनमा नआउन्जेलसम्मका लागि कृपया धैर्य गरेर बसिदिनुहुन हार्दिक आग्रह गर्दछौं।’

शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज खाद्यान्न सहयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077