Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध बनेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । । मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्री कुलमान घिसिङले सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग संयुक्त छलफल गरेका छन् ।

देशका मुख्य सडक अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बैठक बसेको हो । बैठकमा यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका छन् ।

व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै उनले रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताए ।

दसैँ तिहारका लागि यातायात व्यवस्थापन कसरी सहज बनाउने भन्ने विषयमा तत्काल आवश्यक उपाय खोज्न समेत उनले सरकारलाई आग्रह गरे ।

यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुग्लिन, दाउन्ने, आँबुखैरेनी र चौकी डाँडाजस्ता प्रमुख सडक अवरुद्ध हुँदा सवारी आवागमन अस्तव्यस्त बनेको बताए।  उनले परिस्थिति हेरेर अहिले दुई रतीन दिनका लागि मात्र टिकट बुकिङ खुला गरेको जानकारी दिए ।

बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077