काठमाडौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपालमा रहेका तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई लक्षित गर्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ।
दूतावासले जारी गरेको सूचनामा पछिल्लो एक सातायता नेपालमा अवस्था उल्लेख्य रूपमा सुधार भएको उल्लेख छ।
सडक यातायात र हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दूतावासले दिएको छ। यससँगै भारतीय नागरिकलाई नेपाल आउन कुनै अवरोध नरहेको स्पष्ट पारिएको छ।
तर पनि यात्राका क्रममा सतर्कता अपनाउन आग्रह गर्दै दूतावासले भनेको छ, “नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूले दूतावास वा नेपाल सरकारका सम्बन्धित निकायले समय–समयमा जारी गर्ने सूचना र निर्देशनलाई पालना गर्नु जरुरी छ।”