चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम शुरू गरिएको जनाएको छ ।
माथिबाट पहिरो आउने जोखिम कायमै रहेको छ । साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।
पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।