काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्ने भएकी छन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था बुझ्न भण्डारी त्यहाँ जान लागेकी हुन् ।
घाइतेहरूलाई भेट्न शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम रहेको भण्डारीका स्वकीय राजकुमार सचिव राईले बताए ।