Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको हाकिम बने जैसी, अन्ततः हटे विवादित निमित्त धनबहादुर !

चौरपाटी गाउँपालिकाको हाकिम बने जैसी, अन्ततः हटे विवादित निमित्त धनबहादुर !

शुक्रवार , भाद्र १३, २०८२

अछाम । अछामको चौरपाटी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत सुरेश प्रसाद जैसीलाई चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको हो ।

यससँगै लामो समयसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका धन बहादुर थापा हटेका छन् । थापा यहाँ कार्यरत रहँदा विभिन्न विवादमा तानिएका थिए ।

उनीमाथि अन्य प्रमुख प्रशासकीय अधिकृतलाई कार्यलयमै प्रवेश गर्न नदिने, आर्थिक अनियमितता गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएका थिए ।

यसअघि चौरपाटी गाउँपालिकामा आएका प्रशासकीय अधिकृतहरूको एक महिनामै सरुवा हुने वा हाजिर नहुँदै सरुवा हुने अवस्थाले गाउँपालिकाको प्रशासनिक कामकारबाही प्रभावित हुँदै आएको थियो ।

अब चौरपाटी गाउँपालिकाको प्रशासनिक काममा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077