Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

शुक्रवार , भाद्र १३, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ ।

बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ ।

आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ । बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ ।

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि शानिबार तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्ययाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077