Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बसमा स्कुटर ठोक्किँदा काठमाडौंमा दुई जनाको मृत्यु

बसमा स्कुटर ठोक्किँदा काठमाडौंमा दुई जनाको मृत्यु

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति २ः५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077