काठमाडौँ । रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी रहेका छन् । समितिका अन्य सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल समावेश गरिएको छ।
यसअघि तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि बीमा प्राधिकरण नेतृत्वविहीन बनेको थियो।
नयाँ नेतृत्व चयनका लागि गठित समितिले सरकारलाई अध्यक्ष पदका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ।