Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शिक्षक महासंघको धर्ना : माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

शिक्षक महासंघको धर्ना : माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभए आन्दोलनलाई अझै चर्काउने चेतावनी दिएका छन्।

आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरूले सो विधेयकमा आफूहरूको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।

विद्यालय शिक्षक, कर्मचारीहरूको बाँकी माग पनि सम्बोधन गराउनका लागि आफूहरूले दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

सुवेदीले भने- 'अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो। त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं। त्यसैका लागि पक्षकरण गर्दैछौं। अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१/८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं।'

उनले आफूहरूका माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिए ।

महासंघले भाद्र ११ गते बुधवारबाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ।

त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरूले आज एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन। १३ गते शुक्रवार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077