Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

उखु किसानको आन्दोलन जारी, नेता पनि सहभागी

उखु किसानको आन्दोलन जारी, नेता पनि सहभागी

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू ४ दिनदेखि आन्दोलनमा छन्।

सरकारले दिनुपर्ने अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि विभिन्न माग राख्दै उखुकिसानहरू ४ दिनदेखि मण्डलामा आन्दोलनरत छन्।

सरकारले आफ्नो माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन्।

किसानहरूको आन्दोलन चर्किने देखिएपछि पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक दलका नेताहरू अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन थालेका छन् ।

नेताहरू माइतीघरमा पुगे पनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिँदैन ।

सरकारले उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने सहमति थियो । तर, नयाँ बजेटमा अनुदानको व्यवस्था घटाइएपछि किसानहरू आक्रोशित भएका हुन् । चालु आवमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानबाट ३५ रुपैयाँमा झारेको छ ।

यस्तैगत वर्ष देशभर भएको उखु क्रसिङको हिसाबमा सरकारले दिनुपर्ने एक अर्ब ६० करोड रुपैयाँ अनुदान किसानले अझै पाउन बाँकी रहेको उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077