Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० वटा बाख्रा मरे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० वटा बाख्रा मरे

बुधवार , भाद्र ११, २०८२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।

प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

फार्ममा रहेका ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन भने छ वटा घाइते भएका छन् ।

आगो निभाउने क्रममा स्थानीय ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएको छ । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077