Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापति बस्नेतको मृत्यु, दाहाल पनि रहेनन्

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापति बस्नेतको मृत्यु, दाहाल पनि रहेनन्

बुधवार , भाद्र ११, २०८२

दोलखा । दोलखाको गौरिशंकर क्याम्पसका स्ववियू सभापति शिरिष बस्नेतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मङ्गलबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको हो ।

जिल्लाको भीमेश्वर नगरपालिका ६ रमितेस्थित सडकमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

सोही दुर्घटनामा परेर बैतेश्वर गाउँपालिका– ३ का सुजन दाहालको पनि मृत्यु भएको छ ।

राति करिब ९ बजे दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा बस्नेत र दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077