Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अखिल क्रान्तिकारी र त्रिविबीच चारबुँदे सहमति, आन्दोलन फिर्ता

अखिल क्रान्तिकारी र त्रिविबीच चारबुँदे सहमति, आन्दोलन फिर्ता

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् ।

मंगलबार अखिल क्रान्तिकारी र त्रिविबीच चारवटा विभागको शुल्क घटाउनेसहित चार बुँदामा सहमति भएको हो । योसँगै ३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन शुक्रबार सहमति भएसँगै फिर्ता भएको छ ।

सहमतिअनुसार, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रीय विभागको शुल्क घटाइएको छ ।

अहिले लिइँदै आएको शुल्कलाई घटाएर एक लाख १० हजार रुपैयाँ कायम गरिने सहमति भएको छ । नयाँ शुल्क दोस्रो सेमेस्टरबाटै लागु हुनेछ ।

यस्तै, त्रिविको नियमअनुसार विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गरिने सहमतिपत्रमा उल्लेख छ ।

यस्तै, केन्द्रीय विभागमा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिने पनि सहमति भएको छ । वार्तामा त्रिविको तर्फबाट कार्यकारी निर्देशक विष्णुप्रसाद चालिसे, आन्दोलनरत विद्यार्थीहरुको तर्फबाट ममता श्री जोशी, शिवराज भट्ट, कृष्णप्रसाद ओली, प्रविन दाहाललगायतको हस्ताक्षर रहेको छ।

वार्तामा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. दुबिन्द्र ढकाल रोहबर रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077