धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले बुधबार दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन् । बैठकमा कुल २७ वटा एजेन्डा छलफलका लागि तय भएका छन् ।
नगरप्रमुख राईले मंगलबार जारी गरेको सूचनाअनुसार बैठकको एजेन्डामा नगरपालिका आफैले खोला च्यानेलिङ गर्दा व्यहोरेको ढुवानी भाडा भुक्तानी, नीति तथा कार्यक्रम, बजेट सिलिङ, पालिका गान अनुमोदन, बसपार्क व्यवस्थापन र कर्मचारी तहबृद्धि जस्ता विषयहरू समावेश छन्।
त्यसैगरी नगरसभाको १७औँ अधिवेशन आह्वान, योजना अनुमोदन, बालमैत्री वडा घोषणा, धरान स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सञ्चालन, धरान संगीत प्रतिष्ठानमार्फत सांस्कृतिक कार्यक्रम आयोजना, बाटो दर्ता तथा नामाकरण, दररेट अनुमोदन र कक्षा ११–१२ मा विषय थप्ने प्रस्ताव पनि छलफलका एजेन्डामा परेका छन्।
अन्तरगत प्रशासनिक खर्च, मेयर–उपमेयर भिजन तथा कोष, वडा र विषयगत समितिबाट आएको बजेट पास गर्ने, प्रोत्साहन रकम, कानुन व्यवसायीलाई अनुमति, कर्मचारी संगठन संरचना, ठेक्का व्यवस्थापन र खानेपानी मुहान थप उपयोग जस्ता विषयहरू पनि बैठकको कार्यसूचीमा रहेका छन्।