नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
देवचुली नगरपालिका ६ टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको पछाडि ढाला भएको सामान बोक्ने अटो दुर्घटना भएको हो ।
नवलपुर प्रहरीका अनुसार मृतक र घाइते सबै भारतीय नागरिक हुन् ।
दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय रिजुवान खातुनको उपचारको क्रममा पुरानो मेडिकल कलेर भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
मोतिहारीकै ३५ वर्षीय सवना खातनुको गम्भीर अवस्थामा भरतपुरमै उपचार भइरहेको छ ।
घाइते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उनीहरु सबै भारतबाट नवलपुरको देवचुलीमा विवाहका लागि आएका थिए ।