Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बोलेरो जीप भोटेकोशीमा खस्यो, दुईजना बेपत्ता

बोलेरो जीप भोटेकोशीमा खस्यो, दुईजना बेपत्ता

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । अरनिको राजमार्गमा मंगलबार दिउँसो बोलेरो जीप भोटेकोसी नदीमा खसेर दुर्घटना हुँदा दुई बेपत्ता भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् ।  

बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जानकारी दिए ।  

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बाह्रविसे र झीर्पु चौकीबाट पुगेका सुरक्षाकर्मीले टुचिन लगाई दुर्घटनाग्रस्त बोलेरो तान्ने क्रममा एक शब बगाएको थियो ।

बोलेरोमा यी चालक र सहचालक मात्र रहेको जानकारी पाएको डिएसपी खरेलले बताए । बोलेरो सडकबाट २० मिटर तल नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077