Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बालेनविरुद्ध सडकमा उत्रिए कवाडी व्यवसायी, काठमाडौं महानगर घेराउ

बालेनविरुद्ध सडकमा उत्रिए कवाडी व्यवसायी, काठमाडौं महानगर घेराउ

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । विभिन्न पाँच बुँदे मागसहित आन्दोलित भएका कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

व्यवसायीहरूले संवैधानिक हक र अधिकारको ग्यारेन्टी, कवाड संकलक तथा मजदुरमाथि भएको कुटपिट, अपहरण र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही गर्नुपर्ने, कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनुपर्ने लगायतका मागहरू राखेका छन् ।

आन्दोलनरत व्यवसायीहरूले सोमबार पनि कमलादीस्थित महानगर कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका थिए ।

काठमाडौं महानगरको बलजफ्ती कारबाहीका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको र माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077