काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासमा हरितालिका तीज पर्व उल्लासपूर्वक मनाइएको छ ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनको उपस्थितिमा आयोजित कार्यक्रममा दूतावासका कर्मचारीहरूले पारम्परिक तीज गीतमा नृत्य गर्दै पर्वको रौनक बढाएका हुन् ।
दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत तस्बिरहरू सार्वजनिक गर्दै नेपालीहरूलाई हरितालिका तीजको शुभकामना व्यक्त गरेको छ । पोस्टमा लेखिएको छ, “अमेरिकी दूतावासको तर्फबाट हरितालिका तीज पर्वको शुभकामना !”
नेपालमा महिलाहरूले हरितालिका तीजलाई व्रत, पूजा र सांस्कृतिक उत्सवका रूपमा मनाउने परम्परा छ ।
तस्विर :



