काठमाडौं । सुक्खा पहिरो जाँदा धादिङस्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार बेलुका साढे ५ बजे धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
बाटो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरो खसेको स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक विकास थापाको कमाण्डमा १० जनाको टोली खटिएको जनाइएको छ ।