Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । बजेटमा लगाइएको विलासिता कर विरुद्ध आन्दोलित सुनचाँदी व्यवसायी र सरकारबीच सहमति जुटेको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न वार्तापछि ६ बुँदे सहमतिसहित आन्दोलन स्थगित भएको हो ।

सहमति अनुसार अबदेखि व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्ने व्यवस्था गरिनेछ। यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने र आवश्यक परे संशोधन गरिनेछ।

त्यस्तै, सुनचाँदीको बिक्री वितरणमा देखिएको तह स्पष्ट पार्ने र सुन तथा सुनका गरगहनालाई ुविलासिताु को परिभाषामा राखिएको विषयको अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ।

व्यवसायीहरूलाई सबभन्दा ठूलो आपत्ति यही ‘विलासिता’ को परिभाषामा थियो, जसले आम ग्राहकमा समेत असर पार्ने स्थिति बनाएको थियो।

यसका लागि सरकारका तर्फबाट अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित महासंघ र समितिका प्रतिनिधिहरू रहनेछन्। कार्यदलको सचिवालय अर्थ मन्त्रालयमै रहनेछ।

कार्यदलले कानुनी तथा नीतिगत सुधार, राजस्वदरको पुनःसंयोजन, छिमेकी मुलुकहरूसँगको प्रतिस्पर्धात्मक अवस्था जोगाउने लगायत विषयमा सिफारिस गर्नेछ। अन्य प्राविधिक विषयमा कार्यदलले आआफ्नो कार्यशर्त र कार्यविधि बनाउनेछ।

सहमतिसँगै शुक्रबारदेखि देशभर सुनचाँदी व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने व्यवसायीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077