काठमाडौँ । लोक सेवा आयोगबाट सिफारिस भई आएका १४ जना उपसचिवलाई बिहीबार पदस्थापन गर्दै विभिन्न निकायमा जिम्मेवारी दिइएको छ ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सो सरहका कर्मचारीलाई कामकाजमा खटाइएको हो ।
पदस्थापनअनुसार लक्ष्मण लम्साललाई पर्वतको फलेबास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यस्तै, महेन्द्र कुमार शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुर्खेतको लेकबेँशी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाएको छ ।
