काठमाडौं । साइबर ह्याकरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक गरेका छन् ।
ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेर ह्याक गरेका हुन् ।
केही समयअघि अध्यागमन विभागले वेभसाइटलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
हाल विभागले वेबसाइट पुनः आफ्नो नियन्त्रणमा लिएर रिकभर गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको छ ।