काठमाडौं । वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो ।
वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।