Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नदीमा फसेका ६ जनाको सकुशल उद्धार

नदीमा फसेका ६ जनाको सकुशल उद्धार

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका ६ जनालाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ ।

नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिए ।

उनका अनुसार टापुमा श्राद्ध गर्न गएकाहरू मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077