Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पत्रकार दिवाकर साहमाथि जलेश्वरमा दुर्व्यवहार, सुरक्षाका लागि संसदमै उठ्यो आवाज

पत्रकार दिवाकर साहमाथि जलेश्वरमा दुर्व्यवहार, सुरक्षाका लागि संसदमै उठ्यो आवाज

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले महोत्तरीका पत्रकार दिवाकर साहमाथि जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारको विषयमा संसदमा समेत कुरा उठेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खान र जसपाकी सांसद रेखा यादवले पत्रकार साहमाथि भएको दुर्व्यवहारको विषयमा प्रश्न उठाउका हुन् ।

अहिले सबैभन्दा ठूलो क्राइसेस गलत सूचना सम्प्रेषणबाटै भइरहेको भन्दै संसद बैठकमा सांसद खानले भने–‘

जे मन लाग्यो त्यहि लेख्ने, जस्तो मन लाग्यो त्यस्तो प्रशारण गर्ने, संसारको अहिले सबैभन्दा ठूलो क्राइसेस गलत सूचना सम्प्रेषणबाटै भइरहेको छ । यसमा सरकार सचेत र सजग भइदिनु पर्छ । तर, अहिले निष्पक्ष सूचना सम्प्रेषण गर्नेहरुमाथि गुण्डा तस्कर र अपराधिहरुले हातपान गर्ने, गाली गलौज गर्ने र मारपीट गर्ने जस्ता अपराधहरु बढिरहेका छन् ।

एचटीपी खबरका सञ्चालक तथा रिपोर्टर दिवाकर साह २०८२ असार २३ गते राती १ बजे सूचना पाएर महोत्तरी जलेश्वरमा भइरहेको केही आपराधिक कृयाकलापमा जुटेका व्यक्तिहरुले साहमाथि हातपात तथा दुव्र्यवहार गरेकोप्रति घोर आपत्ति जाहेर गर्दछु । साथै निष्पक्ष पत्रकारिता गर्ने पत्रकारमाथि गरिएको अमानविय व्यवहारमा संलग्नमाथि कारबाही गरियोस् ।’

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले पनि पत्रकार साहमाथि भएको दुव्यवहारविरुद्ध आवाज उठाइन् । संसद बैठकमा बोल्दै उनले भनिन्–‘जसले सत्य तथ्य घटनना बाहिर ल्याउँछ आज आएर उसले कुटपिट अथवा पिटाइ खान्छ । यो घटना हो महोत्तरीको । सरकारी कार्यालयको अनियमितताको उजागर गर्न श्रमजीवी पत्रकार दिवकर साह रातको १ बजे रिपोटिङ गर्न जाँदा पिटिइन्छ र उसको क्यामेरा पनि तोडफोड गरिन्छ ।

सरकारी कर्मचारीले कहिलेदेखि रातीको १२–१ बजे सेवा दिन थाले ? त्यो पनि जाँड रक्सी खाएर ? यो घटनाप्रति घोर भत्सर्ना गर्न चाहन्छु र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पत्रकार साहलाई भएको अन्यायबाट के क्षतिपूर्ती दिन सकिन्छ ? त्यसको पनि माग गर्दछु । साथै पत्रकार साहको ज्यानको सुरक्षाको ग्यारेन्टी होस् भन्ने सरकारसँग माग गर्न चाहन्छु ।’

पत्रकार साहमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले पनि ध्यानाकर्षण भएको जनाएको छ।
२०८२ असार २३ गते सोमबार राति उक्त कार्यालयमा ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा समाचार संकलन गर्न गएका एचटिपी खबरका सञ्चालक साहमाथि केही व्यक्तिबाट दुर्व्यवहार भएको महासंघ महोत्तरी शाखाले जानकारी गराएको छ।

‘पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पुर्‍याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘महासंघ यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुर्व्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गर्दछ।’

साथै, महासंघले पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गरेको छ।

त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्यासलाई लिएर रामेछापका पत्रकार शम्बरबहादुर हायु (प्रशान्त) लाई मन्थली माध्यामिक विद्यालय रामेछापमा कार्यरत शिक्षक ऋषि कार्कीले दुर्व्यवहार गरेकोमा महासंघले ध्यानार्षण भएको जनाएको छ।

यही असार २१ गते शनिबार कुनै व्यक्तिको नाम तथा चरित्र नखुलाई लेखेको स्ट्याटसको निहुँमा पत्रकार हायु कार्यरत रेडियो तफदीको कार्यालयमा प्रवेश गरेर कार्कीले दुर्व्यवहार गरेको महासंघ रामेछाप शाखाले जनाएको छ।

‘कुनै पनि विषयमा असन्तुष्टि भए छलफल र वार्ताका माध्यमबाट समाधान खोज्ने उपाय हुँदाहुँदै शिक्षण पेशाजस्तो मर्यादित क्षेत्रमा कार्यरत व्यक्तिबाट अपनाइएको यो शैलीलाई महासंघले अत्यन्त निन्दनीय, अशोभनीय र प्रेस स्वतन्त्रता विरोधी घटनाका रुपमा लिएको छ’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले यो हर्कतप्रति कडा आपत्ति र खेद प्रकट गर्दै घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077