Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

४.४५ अंकले घट्यो नेप्से

४.४५ अंकले घट्यो नेप्से

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको छ ।

बिहीबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा आएको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा कारोबार भने बढेको छ ।

बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

दिनभरमा ३०६ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार २३९ पटक शेयर किनबेच भएको छ ।

बिहीबार १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ ।

सबैभन्दा बढी विकास बैंक समूह १ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी होटल समूह १.८७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.१२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077