Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कृषिलाई प्राथमिकतामा राखेर युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति पौडेल

कृषिलाई प्राथमिकतामा राखेर युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति पौडेल

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशबाट सिकेर आएको सीपलाई नेपालमै प्रयोग गर्ने गरी कृषिमा आकर्षित वातावरणको निर्माणमा गर्नु पर्ने बताएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार, उपकरण, यन्त्र र प्रविधिको उपलब्धमा राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू भएका बताए ।

राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाको रूपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077