Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालेन र गुरागाईंको द्वन्द्वले काठमाडौंको बजेट अनिश्चित

बालेन र गुरागाईंको द्वन्द्वले काठमाडौंको बजेट अनिश्चित

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा आगामी आर्थिक वर्ष २०८२ /८३को बजेट अन्योलमा परेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा बैठक बस्न सकेको छैन् ।

असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज आउनेमा निश्चित छैन ।

बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको तर, आजका लागि भने कुनै बैठक नबोलाइएको मेयर शाहको सचिवालयले जनाएको छ ।

असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्थाअनुसार अहिलेसम्म तीनवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् ।

दुईवटा महानगरको अधिवेशन आज चलिरहेको छ । तर, देशकै ठूलो महानगर काठमाडौंको बजेट अधिवेशन भने अनिश्चित बनेको छ ।

अहिलेसम्म पोखरा, भरतपुर र वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् भने आज विराटनगर र ललितपुर महानगरपालिकाले बजेट अधिवेशन गरिरहेका छन् ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाको १७औँ नगरसभा बैठकमा आइतबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।

यस्तो छ पोखरा महानगरको बजेटको पूर्णपाठ

त्यसैगरी भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

यस्तो छ भरतपुर महानगरको बजेटको पूर्णपाठ 

त्यस्तै वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का सोमबार लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077