Online Nepal
  • सोमबार, ८ बैशाख २०८२
  • आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार, विद्यालय फर्कन आह्वान

    आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार, विद्यालय फर्कन आह्वान

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 243
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरेको हो ।

    नेपाल शिक्षक महासङ्घले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।



    मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको उनले जानकारी दिइन् ।

    महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ छ ।

    विद्यार्थी भर्नाको समय तथा एसईईको उत्तरपुुस्तिका परीक्षण एवम् कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवम् विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार