Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्यो, नेताहरूसँग छलफल जारी छ : प्रचण्ड

    कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना बढ्यो, नेताहरूसँग छलफल जारी छ : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 1.6K
    SHARES

    नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनबारे सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल चलिरहेको बताएका छन् ।

    नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सरकारको गतिविधिबाट कांग्रेस नेताहरू सन्तुष्ट नभएकाले छिट्टै सरकार परिवर्तन हुने संकेत आफूले पाएको बताए ।

    अनौपचारिक भेटमा कांग्रेस नेताहरूले सरकार परिवर्तनको कुरा गर्ने गरेको उनको दाबी छ ।

    ‘यो सरकारबाट अब हुँदैन भन्नेमा नेताहरू पुगिसक्नुभयो। कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार