Online Nepal
  • शुक्रबार, १२ बैशाख २०८२
  • गठबन्धनको आयुको बारेमा ओली–देउवाबीच छलफल

    गठबन्धनको आयुको बारेमा ओली–देउवाबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् ।

    बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धन भित्र साझेदारीअनुरुप  नभइरहेको भनी आएका टिप्पणी, गठबन्धनको आयुलगाएतका बारेमा कुराकानी भएको बताइएको छ ।



    उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

    संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् ।

    नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार