Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • धनकुटामा दुई किशोरमाथि छुरा प्रहार, संलग्न दुई जना पक्राउ

    धनकुटामा दुई किशोरमाथि छुरा प्रहार, संलग्न दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 255
    SHARES

    फाइल तस्विर

    धनकुटा । धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन्।

    घाईते हुनेहरुमा धनकुटा नगरपालिका–५ बिहीबारेका १७ वर्षीय आयुष राई र कुशल राई रहेका छन् ।



    बिहीबारे हाट नजिकै उनीहरुमाथि छुरा प्रहार भएको भएको थियो । कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट रहेको जनाइएको छ।

    घाइतेमध्ये कुशललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ ।

    आयुषको भने जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनामा सम्लग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

    खड्गीलाई नाशल चोक र लिम्बुलाई शिव मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार