Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय विमानस्थलबाट पक्राउ

    थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 279
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

    थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन्। उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

    विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन्।

    थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार