Online Nepal
  • शनिबार, १३ बैशाख २०८२
  • सरकारको गति ट्याक्टरको जस्तो भयो, कांग्रेसका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

    सरकारको गति ट्याक्टरको जस्तो भयो, कांग्रेसका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 261
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा गएकाले राम्रो पफमेन्स दिन नसकेको दाबी गरेका छन् । मंगलबार बिहान काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    उनले कार्यकर्ताले पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रीसँग असन्तुष्टी भइरहेको बताए ।



    “पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,” उनले भने, “जहाँ समस्या सिर्जना भएको छ समाधान गर्नुपर्छ ।”

    उनले कांग्रेसले देशलाई भरोसा दिलाउन सक्नुपर्ने धारणा राखे । थापाले नेपाली समाजमा देखिएको निराशा हटाउँदै आत्मविश्वास र भरोसा दिलाउन पार्टी लाग्नुपर्ने बताए । साथै उनले सरकारको गति ठिक नभएको बताउँदै तर विकल्प भने नखोजिएको बताए ।

    “सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन्, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार