काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिद दर १५६ रुपैयाँ ४६ पैसा र बिक्री दर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८१ रुपैयाँ २७ पैसा र बिक्री दर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६७ रुपैयाँ ६९ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा र बिक्री दर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १५ पैसा र बिक्री दर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ११ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।
यस्तै, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २२ पैसा र बिक्री दर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ९५ पैसा र बिक्री दर २१ रुपैयाँ ०४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ७१ पैसा र बिक्री दर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४७ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६६ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
Leave a Reply