Online Nepal
  • शनिबार, ६ बैशाख २०८२
  • नयाँ वर्षको शुभकामना दिँदै पूर्वराष्ट्रपतिले भनिन् – मदनको सपना पूरा गर्ने अठोट दोहोर्‍याउनु पर्ने बेला आयो

    नयाँ वर्षको शुभकामना दिँदै पूर्वराष्ट्रपतिले भनिन् – मदनको सपना पूरा गर्ने अठोट दोहोर्‍याउनु पर्ने बेला आयो

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 330
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि दोहोर्‍याउनुपर्ने बेला भएको अभिव्यक्ति दिएकी छन् ।

    नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले आफ्ना दिवंगत पति एवं नेकपा एमालेका पूर्वमहासचिव भण्डारीलाई सम्झिँदै उनको सपना पूरा गर्नुपर्ने आवश्यकता औँल्याइन् ।



    ‘यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्‍याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो,’ उनले वक्तव्यमा भनेकी छन्, ‘बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो। मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ।’

    मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गरेको स्मरण गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार