Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण, ५८ जनाको मृत्यु

    यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण, ५८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०८२
  • 246
    SHARES

    एजेन्सी । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।

    आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् ।



    आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो ।

    रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार