Online Nepal
  • शनिबार, १३ बैशाख २०८२
  • शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, ३ जना पक्राउ

    शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, ३ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 522
    SHARES

    रुपन्देही। जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लागेर गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको हो ।



    उनीसँगै शिकार खेल्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ३० चैतको दिउँसो उनीहरु शिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए ।

    यता गाहा मगर पनि बाख्रा चराउन र शिकार खेल्न भनेर गएको प्रहरीको भनाइ छ। प्रमेश भने बन्दुक लुकाउन सहयोग गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

    शिकार खेल्न गएकाहरुले चलाएको गोली लागेर गाहा मगर घाइते भएका थिए । उनलाई उपचारका लागि शिकार खेल्न गएका दुई जनाले भैरहवा मेडिकल कलेजमा ल्याएका थिए ।

    अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरविरुद्ध ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुबाट दुई थान भरुवा बन्दुक समेत बरामद भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार