Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • नयाँ वर्षमा पनि सडकमै शिक्षक,ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

    नयाँ वर्षमा पनि सडकमै शिक्षक,ऐन नलिई फर्किदैनौँ : शिक्षक महासंघ

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 288
    SHARES

    काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा प्रर्दशन गरेका छन् ।

    सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति नजुटेपछि शिक्षकहरु नयाँ वर्षको पहिलो दिन पनि माइतीघर–बानेश्वर सडकमा प्रर्दशन गरिरहेका हुन् ।



    सोमबार प्रदर्शनको १३औं दिन हो ।

    विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन नलिई नफर्किने अडान लिएका छन् ।

    नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गरेको शिक्षक महासंघले जनाएको छ ।

    शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार