Online Nepal
  • शुक्रबार, १२ बैशाख २०८२
  • ज्वाला संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

    ज्वाला संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 624
    SHARES

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले रास्वपा नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ ।

    न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो।



    गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।

    उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार