Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • तोलामा १ लाख ८६ हजार नाघ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

    तोलामा १ लाख ८६ हजार नाघ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 213
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

    शुक्रबार प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको हो ।



    अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रूपैयाँ बढी हो।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार