Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • वीरगञ्ज शोभायात्रा झडप : एसपीसहित २३ सुरक्षाकर्मी घाइते

    वीरगञ्ज शोभायात्रा झडप : एसपीसहित २३ सुरक्षाकर्मी घाइते

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने २३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १५ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फ ८ जना घाइते भएका हुन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ ।



    झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको छ ।यसैबीच स्थितिलाई सहज बनाउन स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

    कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

    जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

    यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार