Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • शंकर पोखरेलको आह्वान – अब समय आयो, विकास र समृद्धिको विषयमा बहस गरौं

    शंकर पोखरेलको आह्वान – अब समय आयो, विकास र समृद्धिको विषयमा बहस गरौं

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 159
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षा क्षेत्रमा सुधार र समृद्धिको बहस सुरु गर्न आह्वान गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत पोखरेलले सो आह्वान गरेका हुन् ।

    उनले अहिले प्रतिगमनको हर्कत सिथिल भइसकेको र आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरु भएकाले अब नीति, कार्यक्रम र बजेटका प्राथमिकता पहिचान गर्दै सरकारलाई सुझाव दिने समय आएको बताए ।



    उनले विकास र समृद्धिको विषयमा बहस गर्न सबैलाई आह्वान गरे । पोखरेलले ‘बहस श्रृंखला १ः शिक्षा क्षेत्र’ शीर्षकमा वर्तमान शिक्षा प्रणालीका समस्याहरू औंल्याउँदै प्रमाणपत्रमुखी अध्ययन–अध्यापन, जागिरमुखी चिन्तन र मनोविज्ञानको विकास तथा व्यवहारिक र प्रविधिमैत्री सीप र व्यवस्थापकीय क्षमताको अभावलाई मुख्य समस्या रूपमा उल्लेख गरेका छन् ।

    यस्ता समस्याको समाधानका लागि उनले राष्ट्रिय उत्पादन पद्धतिअनुकूल जनशक्ति विकासमा जोड दिनुपर्ने, कार्यक्षमता अभिवृद्धि हुनेगरी पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जन गर्ने, उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिने, इ–लर्निङ र डिजिटल पहुँच अभिवृद्धि गर्ने तथा ‘लर्निङ बाई डुइङ’ अवधारणाका आधारमा शिक्षकको भूमिकालाई सहजकर्तामा रुपान्तरण गर्नुपर्ने सुझाव दिए ।

    यदि कसैसँग फरक मत वा विचार भए, त्यसलाई समेत खुला रूपमा प्रस्तुत गर्न उनले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार