Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • तीनकुने घटनाका मास्टरमाइन्ड ज्ञानेन्द्र शाहलाई नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

    तीनकुने घटनाका मास्टरमाइन्ड ज्ञानेन्द्र शाहलाई नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 246
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही हुने बताएका छन् ।

    नेकपा एमालेले कास्कीमा शनिबार आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले पूर्वराजा ज्ञानेन्द्र नै तीनकुने घटनाको योजनाकार भएकाले कारबाही हुने बताएका हुन् ।



    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार पूर्वराजा ज्ञानेन्द्रलाई पनि बनाउने छौं । तीनकुने घटनाको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु ।’

    अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो ।

    उनले भने, ‘तीनकुनेको कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुन्छ ।’

    राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार